१७ मंसिरबाट मतदाता नामावली संकलन गरिँदै

साझाकुरा
२०७८ मंसिर १५, बुधबार ०९:२३

हेटौंडा-बागमती प्रदेश निर्वाचन आयोग कार्यालयले शुक्रबारबाट मकवानपुरका सबै स्थानीय तहका मतदाताको नामावली संकलन गर्ने भएको छ । कार्यालयले दुई चरणमा नामावली संकलन गर्ने जनाएको छ ।  ७ मंसिर शुक्रबारदेखि पुस २ गतेसम्म पहिलो चरणमा र पुस ५ गतेदेखि १९ गतेसम्म दोस्रो चरणमा मतदाता नामावली संकलन गरिने कार्यालयको कार्यतालिका छ ।

पहिलो चरणमा मकवानपुर गढी, भीमफेदी, इन्द्रसरोवर,  मनहरी र बकैया गाउँपालिकामा नामावली संकलन गरिनेछ । यस्तै, दोस्रो चरणमा पुस ५ गतेदेखि पुस १९ गतेसम्म बागमती, राक्सिराङ, कैलाश गाउँपालिका, थाहा नगर–पालिकामा मतदाता नामावली संकलन गरिने जनाइएको छ । मतदाता नामावली संकलन गर्दा १६ वर्ष पूरा भइ उक्त व्यक्तिले नेपाली नागरिकता प्राप्त गरेको हुनुपर्ने जनाएको छ । यद्यपी मतदान गर्नका लागि भने १८ वर्ष पूरा भएको हुनुपर्ने प्रावधान छ । शुक्रबारबाट हुने नामावली संकलन कार्यमा हालसम्म नाम दर्ता नभएकाहरुका लागि मात्र नामावली संकलनको कार्यक्रम आयोजना  गरिएको जनाइएको छ ।

कार्यालयका अनुसार जिल्लामा २०७८ कात्तिकसम्म २ लाख ८० हजार १ सय ८१ जना मतदाता रहेका छन् जसमा १ लाख ४२ हजार ७ सय ३ जना पुरुष, १ लाख ३७ हजार ४ सय ७२ जना महिला र ६ जना तेस्रो लिड्डी  रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*