लागूऔषधसहित एक जना पक्राउ
हेटौंडा-अबैध लागूऔषध ट्याबलेटहरु सहित १ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१४ कालापानी बस्ने २६ वर्षिय रबीन तामाङलाई पक्राउ गरेको हो ।कालापानीमा उनलाई चेकजाँच गर्दा लुकाइछिपाई ल्याएको लागूऔषध नाइट्रोभेट ४९ ट्याब्लेट्, ट्रामा ३६० क्यापसुल, स्टेगन ३५ ट्याबलेट, स्पासपेन ६ ट्याब्लेट र निजको साथमा रहेको रकम ४६ हजार २५० रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले बताए ।







