भीमफेदी सडकखण्ड तीब्र गतिमा निर्माण हुने मुख्यमन्त्रीको दाबी
हेटौंडा-मकवानपुर उद्योग वाणिज्य संघले बुधबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र प्रदेशका मन्त्रीहरुको हेटौंडामा स्वागत तथा सम्मान गरेको छ । मुख्यमन्त्रीसँगै बागमती प्रदेशका माननीय आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेल, माननीय सामाजिक विकास मन्त्री कुमारी मोक्तान र माननीय आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनाललाई संघले स्वागत सम्मान गरेको थियो । उनीहरुलाई संघका अध्यक्ष कृष्णकुमार गुप्ताले टिका तथा दोसल्ला लगाई सम्मान गरेका थिए ।
कार्यक्रममा मुख्यमन्त्री पाण्डेले भीमफेदी–काठमाडौं सडक खण्ड तिब्र गतिमा निर्माण गर्न पहल गरिएको दाबी गरेका छन् ।
हेटौंडादेखि नारायणगढसम्म मात्र सयौं खाल्डाखुल्डीहरु रहेकोले सडकलाई स्तरीय नबनाई विद्युतीय बस संचालन गर्न नसकिने, हेटौंडा–काठमाडौं अन्तर्गतको सडक खण्डमा सुरुड्डमार्ग निर्माणको लागि छोटो कार्यअवधि बाँकी भएको उनले बताए । मुख्यमन्त्री पाण्डेले सुरुङमार्ग निर्माण सरकार र न्यून बजेटले सम्भव नहुने, राजमार्गको स्थान परिवर्तन गर्न सक्ने अधिकार संघीय सरकारमा रहेको, नापतौल कार्यालयको व्यवस्था गर्न सहजीकरण गरिने, औद्योगिक क्षेत्रहरु अभिभावक विहिन जस्तो देखिएको धारणा राखेका थिए ।
बैदेशिक रोजगारीमा जानलाईसमेत सवारी लाइसेन्स आवश्यक पर्ने भएकोले ट्रायल सेन्टरहरु निजी क्षेत्रको लागानीमा खोलिनु– पर्नेमा उनले जोड दिए । ‘दक्ष जनशक्ति निर्माण गर्नसके स्वदेशमै वा विदेशमा पनि राम्रो आयआर्जनमा संलग्न हुन सक्नेछ ।’ उनले भने, ‘निजी क्षेत्रको लगानीमा उत्पादनमूलक उद्योगहरु निर्माणमा लाग्नुपर्ने, आर्थिक क्षेत्रको सम्भावनाहरुको विषयमा आगामी दिनहरुमा थप छलफल गरिने आवश्यक छ ।’
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गीले मकवानपुर जिल्ला अन्तर्गत हेटौंडाको पूर्वी भाग आर्थिक क्षेत्रको हिसाबले सम्भावना– युक्त रहेको र पल्पसा परिसरमा प्रदेश सरकारको समन्वयमा मल्टिकम्प्लेक्स बनाउन सकिने बताए । यसैगरी संघका निवर्तमान अध्यक्ष कृष्ण कटुवालले हेटौंडाको पश्चिमतर्फ तीनताप्केमा एयरपोर्टको सम्भावना रहेको, कैलाली उद्योग वाणिज्य संघको संलग्नतामा कैलालीमा पिपिपि अवधारणामा एयरपोर्ट निर्माणको काम भएको, दाड्डमा स्थानीय
सरकार र प्रदेश सरकारको सहयोगमा त्यहाँको उद्योग वाणिज्य संघले व्यवस्थापन गर्नेगरी मल्टिकम्प्लेक्स निर्माणको काम भएकोले मकवानपुर जिल्लामा पनि त्यस्ता कामहरु गर्न सकिने बारे धारणा राखेका थिए ।
संघका महासचिव दीपक उप्रेतीले संचालन गरेको कार्यक्रममा अध्यक्ष कृष्ण कुमार गुप्ताले सडकको दायाँबायाँ २५÷२५ मिटर सडक विस्तारको विकल्पमा बैकल्पिक सडकलाई राजमार्ग निर्माण गर्नुपर्ने, नापतौल कार्यालय मकवानपुर जिल्लामा हुनुपर्ने, औद्योगिक क्षेत्र प्रदेश मातहत हुँदा उपयुक्त हुने, नयाँ उद्योगहरुलाई कर छुट दिएर भएपनि भियाउनु पर्ने, लकडाउनले उद्योग÷व्यवसाय क्षेत्र धरासायी रहेको, मकवानपुर जिल्लामा १८ वर्ष मुनिकालाई कोभिडबिरुद्धको खोप आवश्यक भएकोबारे अवगत गरेका थिए ।







