नारायणी यातायातद्वारा एसपी गुरुङको स्वागत

साझाकुरा
२०७८ मंसिर १६, बिहीबार ०९:३८

हेटौंडा-जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सरुवा भइ आए प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङलाई पुरानो नारायणी यातायात कम्पनी प्रालिले एक कार्यक्रमबीच स्वागत गरेको छ । कम्पनीका अध्यक्ष हिरालाल श्रेष्ठको सभापतित्वमा भएको स्वागत कार्यक्रमको संचालन कम्पनीका प्रबन्ध निर्देशक  सरोजकुमार खनालले गरेका थिए । कार्यक्रममा तत्कालीन नारायणी यातायात व्यवसायी संघका निवर्तमान अध्यक्ष बद्रीप्रसाद चौलागार्इंले मन्तव्य गरेका थिए ।

यातायात क्षेत्रका संघ संस्थाहरु कम्पनीमा रुपान्तरण भए पश्चात यातायात क्षेत्रको अवस्था खस्केको र आर्थिक संकुचनकै  कारण चाहेर पनि सामाजिक क्षेत्रमा उल्लेखनिय सेवा गर्न नसकिएको धारणा राखेका थिए ।  कार्यक्रममा प्रहरी  उपरीक्षक गुरुङले सवारी दुर्घटनाका कारण अकालमा मानिसको मृत्यु भइरहेको बताए । उनले सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी चेतना– मुलक कार्यक्रम र टाफिक नियम पालना गर्ने गराउने कार्यक्रममा यातायात कम्पनीहरुसँग सहकार्य गर्न इच्छुक रहेको धारणा राखे ।

यसमा तपाइको मत

Your email address will not be published.


*