सकियो लेडी जेसीज सप्ताह

साझाकुरा
२०७८ मंसिर १६, बिहीबार ०९:४६

हेटौंडा-जेसीआई हेटौंडा लेडीको आयोजनामा भएको यस वर्षको जेसीज सप्ताह मंगलबार सकिएको छ । एकसाता १५ वटा कार्यक्रमको आयोजना गरी मनाइएको जेसीज सप्ताहको मंगलबार एक समारोहबीच समापन गरिएको हो ।  जेसीज सप्ताहको अवसरमा सुरक्षित यात्रालाई प्रोत्साहित गर्ने गरी स्लो स्कुटी प्रतियोगिता, स्कुटी तथा मयुरी चालक महिला चालकलाई सचेतना कार्यक्रम, जेसीज गाउँ घोषणा, महिला पत्रकारसँग मैत्रीपूर्ण फुटसल खेलको आयोजना गरिएको थियो । यस्तै जेसीज सप्ताहअन्तर्गत नै सस बनाउने तालिम, सेनिटरी प्याड बनाउने, हस्तकला तालिम, महिलाहरुलाई आत्मरक्षा सम्बन्धी तालिम, वक्तृत्वकला प्रतियोगिता पनि आयोजना गरेको थियो ।

जेसीआई हेटौंडा लेडीकी अध्यक्ष प्रतिमा श्रेष्ठको अध्यक्षता भएको समापन समारोहमा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मुक्तानको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री मुक्तानले एक वर्षे कार्यकालमा जेसीज अभियानले उल्लेखनीय कार्य गर्दै आएको बताइन् । कविता पौडेलको संयोजकत्वमा सम्पन्न जेसीज सप्ताहको मंगलबार समापन कार्यक्रम ज्योति काफ्लेको संयोजकत्वमा भएको हो । जेसीज सप्ताह समापनको अवसरमा विभिन्न प्रतियोगितामा सहभागी भई विजेता बनेका सहभागीलाई पुरस्कार वितरण समेत गरिएको थियो ।

कार्यक्रममा बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष अरुणकुमार दाहाल, जेसीआई हेटौंडाका अध्यक्ष लिसेन बस्नेत, जेसीआई बसामाडीका अध्यक्ष गौतम केसीको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*