बालबालिकालाई शैक्षिक सामग्री सहयोग

साझाकुरा
२०७८ मंसिर १७, शुक्रबार १०:००

हेटौंडा-नारी संरक्षण केन्द्रले ५० बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । अमेरिकी अन्तर्राष्ट्रिय सहयोगी संस्था फ्रेण्डस अफ द उमन प्रोटेक्सन सेन्टर नेपालको आर्थिक सहयोगमा सुरक्षा तथा शिक्षा परियोजना अन्तर्गत बिहीबार हेटौंडा–४ स्थित संस्थाकै परिसरमा शैक्षिक सामग्री तथा न्यानो कपडा ब्ल्यांकेट सहयोग गरेको कार्यक्रम संयोजक राम मिजारले जानकारी दिए । बालबालिकालाई दोस्रो चरणको सहयोग अन्तर्गत ६ महिनाको शुल्क, स्टेशनरी सामग्री वितरण गरिएको मिजारले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*