पशुपतिनाथ ४६ औं वर्षमा
हेटौंडा-मकवानपुरको मनहरी–४ मसिनेस्थित पशुपतिनाथ माविको ४६ औं स्थापना दिवस बिबिध कार्यक्रम गरी मनाइएको छ । विद्यालयले विद्यार्थीहरु बीचमा गरिएको बिभन्न मनोर–न्जनात्मक खेलकुद प्रतियोगिताका बिजेताहरुलाई बुधबार पुरस्कार बितरण गरिएको छ । २०३२ सालमंसिर १५ गते प्राथमिकतहको अध्यापन गर्ने विद्यालयको रुपमा स्थापना भएको पशुपतिनाथ मावि २०६५ सालमा माध्यमिक तहको कक्षा संचालन गर्न सुरु गरेको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधब गौतमको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि मनहरी–४ का वडाध्यक्ष ध्रुब खड्काले विद्यालयले निरन्तर प्रगति गरिरहेको बताए ।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका पूर्बअध्यक्ष पवन खड्का, बालमुकुन्द ढकालले कोभिड–१९ महामारीका कारण प्रभाबित बनेको बालबालिकाको पठनपाठनलाई विद्यालयले संबेदनशील भएर अगाडि बढाउन सुझाएका थिए । कक्षा १देखि १० सम्म हरेक कक्षाका विद्यार्थीका लागि फरक–फरक खेलकुद प्रतियोगिता गराइएको थियो । विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले ६ वटा प्रावि, ३ वटा निमावि र एक मावि दर्बन्दी मात्र भएका कारण मावि तहको पठन पाठनमा समस्या परिरहेको बताए । निजी स्रोतमा शिक्षक ब्यवस्थापन गरी शिक्षण गर्न चुनौती रहेको भन्दै प्रअ आचार्यले मनहरी गाउँपालिकामा बेग्लै पहिचान बनाउने कार्यका लागि शिक्षक अभिभावक र बालबालिकाबीच समन्वय जरुरी रहेको बताए । कार्यक्रमका सहभागीहरुले आगामी दिनमा विद्यालयको भौतिक संरचनामा जस्तै गुणस्तरीय शिक्षामा पनि आमूल परिबर्तन गर्न आफूहरुको साथ र सहयोग रहने बताएका थिए ।







