ट्र्याक्टर दुर्घटना श्रीमान्को मृत्यु, श्रीमती घाइते
रुकुम पश्चिम – शुक्रबार बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२ नंको ट्रयाक्टर दुर्घटना हुँदा श्रीमानको मृत्यु भएको छ। दुर्घटनामा श्रीमती घाइते भएकी छन् । आठबीसकोट नगरपालिका–७ दाजेबाट वडा नं ९ राडी झर्दै गरेको ट्रयाक्टर ओलमा दुर्घटना भएको हो । दुर्घटनामा ट्र्याक्टर चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको छ। उनकी श्रीमती सपना विक घाइते भएकी छिन् । उनको आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेको आठबीसकोटका नगर कमिटीका अध्यक्ष रवि केसीले बताए।







