अपाड्डता भएकालाई न्यानो कपडा सहयोग
हेटौंडा-हेटौंडा उपमहानगरपालिका क्षेत्रका अपाड्डता भएका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा अपाड्डता भएका व्यक्तिको ३० औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा मेयर हरि बहादुर महतले न्यानो कपडा वितरण गरेका हुन् । बोल्न सक्ने, हिड्न सक्ने र पहुँच भएकाहरुलाई भन्दा पनि उनीहरुका निम्ति स्थानीय सरकार सहयोगि बन्ने मेयर महतले बताए । ३० जना अपाड्डता भएका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । ‘समावेशी, सुलभ र दिगो, कोभिड–१९ पछिको विश्वतर्फ अपाड्डता भएका व्यक्तिको नेतृत्व र सहभागिता’ भन्ने नारासहित विश्वभर मनाइएको छ ।
नेपालमा भने ‘हाम्रो प्राथमिकताको आधार, अपाड्डता भएका व्यक्तिहरूको अधिकार’ भन्ने राष्ट्रिय नाराका साथ मनाइँएको छ । स्कुल पढ्ने अपाड्डता भएका बिद्यार्थीलाई ध्यानमा राखेर न्यानो कपडा वितरण गरिएको हो । संयुक्त राष्ट्र सङ्घले सन् १९८२ को डिसेम्बर ३ तारिखमा अपाड्डता सम्बन्धी विश्व कार्ययोजना पारित गरेपछि सन् १९९२ देखि दिवस मनाउन थालिएको हो ।
अपाड्डता भएकाहरुले भोग्नु परेको समस्यामाथि छलफलसँगै चुनौतीको समाधान निकाल्न, अपाड्डता सम्बन्धी जागरण फैलाउन र अपाड्डता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको हो । नेपालमा अपाड्डता भएका व्यक्तिको संख्या कति छ भन्ने यकिन तथ्याड्ढ छैन ।







