नारायणी सहकारीमा गुरुङको नेतृत्व

साझाकुरा
२०७८ मंसिर १९, आईतवार ०९:५३

हेटौंडा-हेटौंडा–९ स्थित नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा जंगबहादुर गुरुङ सर्वसम्मत अध्यक्ष चयन भएका छन् ।  अध्यक्ष गुरुङको नेतृत्वमा सचिवमा नारायणप्रसाद खतिवडा, सहसचिवमा ज्ञानेन्द्र अधिकारी, लेखा समिति संयोजकमा धर्म मिश्र, सदस्यमा प्रेमप्रसाद बोलखे र कृष्ण प्रसाद ढकाल सर्वसम्मत निर्वाचित भएका हुन् । उपाध्यक्ष र सदस्य पदमा भने निर्वाचन भएको छ ।

सहकारी सञ्चालक समितिको उपाध्यक्षमा केशवप्रसाद न्यौपाने र रामचन्द्र ढकालको उम्मेदवारी परेको थियो भने सदस्यमा खुलातर्फ ७ जनाका लागि १३ जनाको उम्मेदवारी परेको छ । यस्तै महिलातर्फ २ जनाका लागि ५ जनाको उम्मेदवारी बीच निर्वाचन प्रक्रिया भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*