नारायणी सहकारीको कार्यसमितिले पायो पूर्णता
हेटौंडा-हेटौंडा–९, स्थित नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, हेटौंडाको नयाँ कार्यसमितिले पूर्णता पाएको छ । कात्तिक २७ गते भएको २५ औं साधारणसभाबाट अध्यक्ष– सहित ३ पदमा सर्वसहमत भएपनि बाँकी १० पदमा निर्वाचन भएको हो । १३ सदस्यीय कार्यसमितिको अध्यक्षमा जंगबहादुर गरुङ, सचिवमा नारायण प्रसाद खतिवडा, सहसचिवमा ज्ञानेन्द्र अधिकारी सर्वसहमत चयन भएका थिए ।
शनिबार भएको निर्वाचन मार्फत् उपाध्यक्षमा रामचन्द्र दाहाल तथा सदस्यहरुमा गोमादेवी पौडेल, ईन्दिराकुमारी काफ्ले, बिमल घिमिरे, नरेन्द्र भण्डारी, टिकाप्रसाद भट्टराई, रामचन्द्र अर्याल, नकुलप्रसाद अधिकारी, दिपक खड्का र सुन्दर न्यौपाने चयन भएका छन् । त्यस्तै, लेखा समितिको संयोजकमा धर्मराज मिश्र तथा सदस्यहरु कृष्णप्रसाद ढकाल र प्रेमप्रसाद बोलखे सर्वसहमत चयन भएका थिए । २०५३ मा स्थापित सहकारीमा गत आवसम्म ९ सय ४८ महिलासहित १ हजार ८ सय ३३ जना शेयर सदस्य रहेका छन् । कुल बचत २४ करोड ८ लाख ११ हजार, कूल लगानी २० करोड ३६ लाख २६ हजार रहेको सहकारीमा शेयर पुँजी ५ करोड ९ लाख ७४ हजार रुपैयाँ रहेको छ ।
हेटौंडा ९, पशुपतिनगरमा मुख्य कार्यालय रहेको सहकारीले पशुपतिनगरसँगै कमाने र पारिजात पथमा रहेको सेवा केन्द्र मार्फत् सिमेन्ट, रड, ढलान केमिकल लगायत निर्माण सामग्री र ग्याँस बिक्री गर्दै आएको छ । सहकारीको कार्यक्षेत्र हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिका रहेको छ ।







