बृद्धाश्रममा खाद्यान्न सहयोग

साझाकुरा
२०७८ मंसिर २३, बिहीबार ११:४५

हेटौंडा-निर्माण व्यवसायी संघ मकवानपुरले १४ औँ राष्ट्रिय निर्माण दिवसका अवसरमा वृद्धाश्रममा खाद्यान्न वितरण गरेको छ । संघले बुधबार हेटौंडा उपमहानगरपालिका १७ स्थित श्रीमद्भागवत सञ्चार संघ, वृद्धाश्रममा चामल, दाल, विस्कुट लगायतका खाद्यान्न सामग्रीहरु एक कार्यक्रमका बीच हस्तान्तरण  गरिएको हो । संघका प्रथम उपाध्यक्ष बालगोपाल कँडेलले कार्यक्रममा बृद्धाश्रमका अध्यक्ष लक्ष्मण कटुवाललाई खाद्यान्न सामग्रीहरु हस्तान्तरण गरेका थिए । कार्यक्रममा संघका महासचिव बालकुमार मल्लले संघले विभन्न अवसर पारेर वृद्धाश्रमलगायतका संस्थाहरुलाई खाद्यान्नलगायत विविभ सहयोग गर्दै आएको बताए ।

कार्यक्रममा संघका द्वितीय उपाध्यक्ष सागर भट्टराई, उपमहाचिवद्वय भवनाथ अधिकारी र भीमसेन कर्माचार्य, सहकोषाध्यक्ष नवराज पाठक, कार्यसमिति सदस्यहरु गुरुप्रसाद दाहाल, सुरज बर्तौला, सागर कटुवाल, नवीन  पराजुली, पूर्व कोषाध्यक्ष विनोद शर्मा, संघका थाहा नगर समितिका संयोजक राजनप्रसद ढकाल र बृद्धाश्रमका सचिव नवराज न्यौपानेको उपस्थिति रहेको थियो ।

संघका अध्यक्ष श्याम ढकालले संघले सामाजिक उत्तरदायित्व अन्तर्गत संघको स्थापना दिवस, राष्ट्रिय निर्माण निर्माण दिवसलगायतका अवसर सहयोग गर्दै आएको जानकारी दिए । श्रीमद्भागवत सञ्चार संघ वृद्धाश्रममा हाल छ जना आश्रित  रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*