गिरिजाले ल्याए ‘मकवानपुरमा मिडिया’

साझाकुरा
२०७८ मंसिर २४, शुक्रबार ०९:२८

हेटौंडा-मकवानपुरलाई कार्यक्षेत्र बनाएर दुई दशकदेखि पत्रकारितामा सक्रिय गिरिजा अधिकारीले ‘मकवानपुरमा मिडिया’ नाम अनुसन्धानमुलक पुस्तक ल्याएका छन् ।
अधिकारीले लेखेको पुस्तक बिहीबार हेटौंडामा राइनिसी मिडिया एण्ड रिसर्च सेन्टरले सार्वजनिक गरेको छ । ‘मकवानपुरमा मिडियामा’ मकवानपुरमा मिडियाको इतिकास, पत्रकारिताको अवस्था, विकासक्रम र आगामी दिनमा जिल्लाका मिडियाले खेल्नुपर्ने भूमिका समेटिएको छ ।

पुस्तकमा इतिहाससँगै, जिल्लामा हाल पत्रकारिताको अवस्थालाई चित्रण गर्दै क्रियाशिल पत्रकारबारे परिचय दिइएको लेखक अधिकारी बताए । उनले आफ्नो अनुभवलाई पुस्तकमार्फत उर्तान खोजिएको दाबी गरेका छन् । हेटौंडामा एक कार्यक्रमका बीच बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मा, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रदेशसभा सदस्य मुनु सिग्देल, अग्रज साहित्यकार  रामचन्द्र आचार्य फुर्सती र राइनिसी मिडियाका अध्यक्ष नवराज  न्यौपानेले पुस्तकको संयुक्त बिमोचन गरेका थिए ।

बिमोचनपछि प्रदेश प्रमुख शर्माले लेखनयात्राको निरन्तरताको कामना गर्दै पत्रकारहरुले हिनताको भावनालाई त्यागेर देश र जताप्रति जवाफदेही हुँदै सत्यतथ्य समाचारलाई जनतासामु सुसूचित गर्न आग्रह गरे । उनले पत्रकारिता राजनीतिक दलको छायाँ बन्न नहुने र जनप्रतिनिधि तथा सरकारका उच्च पदस्थ अधिकृतहरुले गरेका अनियमित कार्यको लागि सत्यतथ्य समाचार सार्वजनिक गर्न आफुमा दृढता हुनुपर्ने बताए ।

कार्यक्रममा बागमती प्रदेश सामाजिक विकासमन्त्री  कुमारी मोक्तानले प्रदेश सरकारले पत्रकारिता क्षेत्रलाई स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गर्न अभिप्रेरित गर्दै आएको उल्लेख गर्नुहुँदै लोककल्याणकारी विज्ञापन समानुपातिक ढंगबाट सबैलाई वितरण गर्न सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।  उनले कोभिड १९ का संक्रमणबाट प्रभावित भएका सर्वसाधारण नागरिकहरुलाई  कोरोनाविरुद्धको खोप लगाउने र सबै सरकारी अस्पतालहरुमा गुणस्तरीय सेवा प्रदान गर्न आवश्यक जनशक्ति र बजेट उपलब्ध
गराइएको बताइन् ।

त्यस्तै बागमती प्रदेशसभा सदस्य मुनु सिग्देलले मुलुकको प्रजातन्त्र राष्ट्रियता सम्र्वद्धनको लागि प्रेस स्वतन्त्रता अपरिहार्य रहेको उल्लेख गर्दै पहुँचमा नरहेका जनताहरुलाई भौतिक पूर्वाधार, स्वास्थ्य उपचार गर्ने र आर्थिक सम्मृद्धिको लागि प्रदेश सरकारले निश्पक्षका साथ विशेष कार्यक्रम तर्जूमा गरी लागू गर्न आग्रह गरिन् । कार्यक्रममा सो पुस्तकका लेखक हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ निवासी अधिकारीले मकवानपुरमा पत्रकारिता क्षेत्रका इतिहासको साथै युवा पुस्तालाई पत्रकारिता क्षेत्रमा संलग्न हुने स्रोतको रुपमा रहेको सो पुस्तक निकै उपयोगी हुने विश्वास व्यक्त गर्दै पत्रकारितामा लाग्ने युवा पुस्ताले आफ्नो जीवनशैलीलाई कठिनाई भोगेर भएपनि पत्रकारिता क्षेत्रको विकासलाई निरन्तरता दिन आग्रह गरे ।

उक्त पुस्तकको समिक्षक रामचन्द्र आचार्य फुर्सती, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल र पुस्तक प्रकाशक संस्था राइनिसी मिडिया एण्ड रिसर्च सेन्टरका अध्यक्ष नवराज न्यौपानेले उक्त पुस्तक सार्वजनिकीकरण गरिएबाट मकवानपुरका युवा जगतलाई पत्रकारिता क्षेत्रको माध्ययमबाट मुलुकमा देखिएको भ्रष्टाचार विसंगती र हिंसालाई न्यूनिकरण गर्न सहयोग पुग्ने बताए । कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, नेकपा एमाले मकवानपुरका अध्यक्ष बद्रीप्रसाद लम्साल, एकपा एकीकृत समाजवादी पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल, नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइराला, प्रदेश युवा परिषद् बागमती प्रदेशका कार्यकारी उपाध्यक्ष सन्तोष चौँलागाई, ब्रोडकास्टिङ एशोसिएसन अफ नेपालका  केन्द्रीय उपाध्यक्ष उज्ज्वल चौँलागाईलगायत मकवानपुरका संचारकर्मी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*