विपन्न परिवारलाई खाद्यान्न

साझाकुरा
२०७८ मंसिर २४, शुक्रबार ०९:४४

हेटौंडा-जिल्लाको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकाको टिष्टुङका विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । थाहा नगरपालिका–११ का वडा अध्यक्ष किरणमान बलको पहलमा टिष्टुङका ४१ परिवारलाई नुनदेखि चामलसम्म खाद्यान्न उपलब्ध गराइएको हो । जागृति बाल तथा युवा सरोकार नेपालले खाद्यान्न उपलब्ध गराएको थियो । वडाध्यक्ष बलले विपन्न वडाबासीलाई प्रतिपरिवारका दरले २५ केजी चामल, दाल २ केजी, गेडागुडी २ केजी, नुन १ केजी, तेल १ लिटर, जिरा आधा केजी, चिनी १ केजी, मस्यौरा २ प्याकेट र २ केजी चिउरा प्रदान गरेका हुन् । उनले विपन्न परिवारको साथमा वडा कार्यालयसँगै रहेकाले यतिमात्र नभई आगामी दिनमा थप सहयोग गर्ने विश्वास दिलाएका छन् ।

वडा अध्यक्ष बलले समुदायस्तरमा दुरगामी प्रभाव पार्ने बिरामी बोक्ने स्टेचरपनि उपलब्ध गराएका छन् । भौगोलिक रुपले विकट वडाका १० वटा टोलमा स्थानीय बिरामी पर्दा बोकेर ल्याउन स्टेचर सहयोग गरेको वडाध्यक्ष बलले बताए । ‘११ नम्बर वडामा भौगोलिक रुपले विकट क्षेत्रहरुपनि छन् । कतिपय ठाउँमा सडक पुग्न सकेको छैन् । त्यस्तो अवस्थामा बिरामीलाई समयमै स्वास्थ्यचौकी र अस्पताल ल्याउन स्टेचर उपलब्ध गराएका हौं ।,’ बलले भने । वडा अध्यक्ष बलले टिष्टुङ स्वास्थ्य चौकीलाई २१ प्रकारका स्वास्थ्य सामग्रीपनि उपलब्ध  गराएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*