अपाड्डता भएकालाई न्यानो कपडा

साझाकुरा
२०७८ मंसिर २५, शनिबार ०९:५४

हेटौंडा÷हेटौंडा उपमहानगरपालिका १ नम्बर वडाभित्र रहेका सबै १७ जना अपाङ्गता भएका व्यक्तिहरुलाई शुक्रबार न्यानो कपडा वितरण  गरिएको छ । वडाबाट अपाङ्गता भएका व्यक्तिहरुको लागि चालु आर्थिक वर्ष २०७८÷०७९ मा विनियोजित एक लाख रुपियाँ बजेटबाट उनीहरुलाई न्यानो ज्याकेट एक÷एक थान र ब्ल्याङ्केट एक÷एक थान वितरण गरिएको हो ।  वडा अध्यक्ष सविन न्यौपानेको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमबीच सहयोग सामग्री वितरण गरिएको हो । कार्यक्रममा बोल्दै उपमेयर लामाले हेटौंडा १ नम्बर वडाले सामाजिक क्षेत्रमा नियमितरुपमा  हरेक वर्ष बजेट विनियोजन गरिरहेकोमा धन्यवाद व्यक्त गरे । उनले महिला, दलित, अपाङ्गता भएका व्यक्तिहरु, वृद्धबृद्धाहरु हकहीतको लागि निरन्तर १ नं. वडाले बजेट छुट्याइरहेकोमा उनले खुशी व्यक्त गरिन् ।

कार्यक्रममा वडा अध्यक्ष न्यौपानेले तल्लो तहको सरकार भएकाले वडा कार्यालयले वडाबासी सबैलाई ‘सरकार छ’ भन्ने अनुभूति दिन आफू हरदम खटिरहेको बताए । उनले वडाको भौतिक निर्माणको कामसंगै समाजका हरेक पक्षमा वडाले लगानी गर्दै समृद्ध वडा बनाउने अभियानमा आफू लागिरहेको बताए । कार्यक्रममा वडा सदस्य ईश्वरी रसाइली, सोनामसिं ब्लोन, वडा सचिव शान्ता लौडारी लगायतको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*