सुशासनमा जोड दिन जनप्रतिनिधि प्रतिबद्ध
हेटौंडा÷हेटौंडामा शुक्रबार भ्रष्टाचार विरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाले अवसरमा जनप्रतिनिधिको सहभागीतमा जिल्लास्तरीय अन्तक्र्रिया कार्यक्रम आयोजना गरेर दिवस मनाइएको हो । कार्यक्रममा मकवानपुरका जनप्रतिनिधिहरुले सुशासनमा जोड दिन आफुहरु प्रतिबद्ध रहेको धारणा राखेका छन् । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रधुनाथ खुलालको प्रमुख आथित्यतामा भएको अन्तरक्रिया कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरि बहादुर महतलगायत मकवानपुर जिल्ला भित्रका नगरपालिकाका प्रमुख र उप प्रमुख, गाँउपालिकाका अध्यक्ष र उपाध्यक्षहरु, हेटौंडा उपमहानगरपालिकाका वडाअध्यक्षहरु, सिटिजन जुरी मकवानपुरका प्रतिनिधि, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुले सुशासनलाई जोड दिँदै भ्रष्टाचार न्यूनीकरणमा सबै क्षेत्रले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा हेटौंडा उपमाहानगरपालिकाका मेयर हरि बहादुर महतले भ्रष्टाचार न्यूनीकरण गर्दै लोकतन्त्रको सघनीकरणको लागि सबै पक्षले सार्थक पहल गर्नु पर्ने त्यसको नेतृत्व राजनीतिक नेतृत्वले नै लिनुपर्ने बताउँदै सदाचारीता अभिवृद्धिको लागी आफूनै उदाहरणीय बन्न सकेमा मात्रै भ्रष्टाचार विरुद्धको अभियानले सार्थकता पाउनेब बताए । उनले भष्टचार बिरुद्ध छानबिन गर्दा आफुबाटनै सुरु गर्नका लागि आग्रह गरे । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका कार्यालय प्रमुख अर्जुन कुमार शर्माले कार्यपत्र प्रस्तुत गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा आयोगको कार्यालय हेटौंडाबाट सम्पादन भएका काम कारबाहीहरू तथा भ्रष्टाचार एवम् सुशासन कायम गर्ने तर्फ भएका प्रगति स्थितिबारे जानकारी गराएका थिए ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको राज्यको नीति अनुरूप आयोगले आफ्नो दायित्व निर्वाह गर्न प्रबद्र्धनात्मक, निरोधात्मक, उपचारात्मक तथा संस्थागत क्षमता विकासको रणनीति अवलम्बन गरिरहेको जानकारी गराउँदै उनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन स्थापना गर्न सके मात्र समग्र शासन प्रणाली संस्थागत हुने कुरा उल्लेख गरेका थिए । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका उपसचिव विष्णु प्रसाद सापकोटाले स्थानीय तहसँग सम्बन्धित उजुरीको प्रवृत्ति र सुशासन प्रवर्धनमा स्थानीय तहको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि रधुनाथ खुलालले यस्ता अन्तरक्रिया कार्यक्रमले जनप्रतिनिधिको क्षमता विकास गर्न र स्थानीय तहमा सुशासन प्रवर्धन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा मन्तव्य राख्नु हुँदै इन्द्रसरोबर गाँउपालिकाका अध्यक्ष जीवन लामाले भ्रष्टाचार नियन्त्रणमा सबै क्षेत्रको सार्थक सहकार्य र समन्वय हुनु पर्ने दाबी गरे । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाका सिनियर डिभिजन इन्जिनियर मोहदत्त भट्टले भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको सार्थकता र कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य व्यक्त गरे । अन्तरक्रियाका कार्यक्रमको खुल्ला सत्रमा उठेका प्रश्नको जबाफ दिँदै कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका यस कार्यालयका कार्यालय प्रमुख अर्जुन कुमार शर्माले कार्यक्रमको समापन गरेका थिए ।
कार्यक्रममा जिसस उपप्रमुख भगतवी पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जिवन लामासहित मकवानपुरका १० वटै स्थानीय तहका प्रमुख÷उपप्रमुख एवम् प्रमुख प्रशासकिय अधिकृतहरुको सहभागिता थियो । अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस हरेक बर्ष डिसेम्बर ९ तारिखमा मनाउने गरिन्छ ।







