बन पैदावार उद्योग व्यवसायी संघको अध्यक्षमा रामप्रसाद

साझाकुरा
२०७८ मंसिर २६, आईतवार १०:३१

हेटौंडा-मकवानपुरमा  रहेर काष्ठ व्यवसायमा रहेका व्यवसायीहरुको सस्था नेपाल बन पैदावार उद्योग व्यवसायी संघको अध्यक्षमा रामप्रसाद कोइराला निर्वाचित भएका छन् ।
शनिबार हेटौंडामा भएको प्रथम साधारण सभाले कोइरालाको अध्यक्षतामा ३ सदस्य पछि थप गर्ने गरी १२ सदस्य समिति सर्बसम्मत चयन गरेको हो । संघको निबर्तमान अध्यक्षमा गणेश कठायत रहेका छन् भने साधारण सभाले संघको प्रथम उपाध्यक्षमा धर्म बस्नेत, उपाध्यक्षमा गोपालचन्द्र श्रेष्ठ, महासचिवमा बिरेन्द्र डिसी र सचिबमा ज्ञानेन्द्रराज ढुङ्गेल निर्वाचित भएका छन् ।

संघको सदस्यमा बिकास बर्ताैला, देबीलाल श्रेष्ठ, नारायणकुमार लामा, अशोक लामा, रबिन लामा थिङ् र ध्रुव थापा निर्वाचित भएको नब निर्वाचित सचिब ढुङ्गेलले जानकारी दिए ।  प्रथम भेलाल सर्बसम्मत लेखा समिति चयन गरेको छ । समितिका संयोजकमा निरञ्जन दाहाल, सहयोजकमा बिजयलाल श्रेष्ठ र सदस्यमा ईन्साफ केसीलाई चयन  गरेको छ ।  संघ मकवानपुरका तदर्थ समितिका अध्यक्ष गणेश काठयतको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बन पैदावार उद्योग व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष मन्जीलबाबु मास्केको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश अध्यक्ष प्रकाश रायमाझी, प्रदेश उपाध्यक्ष राजेन्द्र श्रेष्ठ प्रदशेका सहकोषाध्यक्ष भुमिन्द अर्यालको आतिथ्यता रहेको थियो । कार्यक्रममा मकवानपुरका काष्ठ व्यवसायी ऋषिलाल श्रेष्ठले काष्ठ व्यवासयीको समस्या र जिल्लाको अवस्था बारे जानकारी गराएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*