निर्माण सामाग्री व्यवसायी संघमा बजगाईं चयन
हेटौंडा-निर्माण सामाग्री व्यवसायी संघ मकवानपुरको अध्यक्षमा बालकृष्ण बजगाईं निविरोध निर्वाचित भएका छन् । शनिबार हेटौंडामा सम्पन्न ११ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनबाट बजगाईंको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति गठन भएको छ । संघको उपाध्यक्ष्मा नारायण बर्तौला, सचिवमा सुदीप तिम्लसिना, कोषाध्यक्षमा रोशन सापकोटा, सह–सचिवमा मन्नु बनियाँ र कार्यसमिति सदस्यहरुमा प्रदीपकुमार तिवारी, रविन श्रेष्ठ, उद्धव देवकोटा, अमित श्रेष्ठ र सुवास दहाल चयन भएका छन् ।
संघका अध्यक्ष कृष्णराम न्यौपानेको सभाध्यक्षता तथा मकवानपुर उद्योग वाणिज्य संघका वस्तुगत तर्फका उपाध्यक्ष राजु अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार मनोज जालान, निवर्तमान अध्यक्ष रवि नेपाल, जुत्ता चप्पल ब्यवसायी संघ मकवानपुरका अध्यक्ष रामहरी तिमल्सिना, नेपाल ग्याँस बिक्रेता महासंघका बागमती प्रदेश उपाध्यक्ष विनोदमान श्रेष्ठ, मउवा संघका कार्य समिति सदस्य तथा कपडा तथा तयारी पोशाक व्यवसायी संघका अध्यक्ष तेजराज अधिकारी लगायतको उपस्थिति रहेको थियो ।







