हेटौंडा–१४ मा ९० लाखमा स्ल्याब ढलान निर्माण सुरु
हेटौंडा-हेटौंडा उपमहानगरपालिका—१४ कालोपानी गुम्बा जाने बाटोमा स्ल्याब ढलान कार्य सुरु गरिएको छ । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले आइतबार ढलानको शिलान्यास गरेका छन् । बागमती प्रदेशको ४० लाख बजेट र उपभोक्ता स्रोतलगायतबाट करिब ४९ लाख ९९ हजार लागतमा निर्माण हुन लागेको ६ मिटरको ढलान २०७९ चैत मसान्तसम्म सम्पन्न गर्ने गरी सुरु गरिएको हो ।
ढलानको लम्बाई ४ सय ६५ मिटर हुने उपभोक्ता समितिका अध्यक्ष ईमानसिं मुक्तानले जानकारी दिए । सडक शिलान्यास गर्दै पूर्वमुख्यमन्त्री पौडेलले प्रदेश सरकार आइसकेपछि विकासले फड्को मारेको बताए । उनले नेतृत्व सबल भए विकासको काम धेरै हुन सक्ने दाबी गर्दै विकासका योजनाहरु ल्याउने काममा आफु सँधै लागिपर्ने बताए। पौडेलले अहिले सरकारमा जोसुकै आएपनि चुरीफुरि एक वर्षको चुनावमा नेकपा एमालेको बहुमतले देखाउने दाबी गरे ।







