पशुपतिनाथका शिक्षकलाई तालिम

साझाकुरा
२०७८ मंसिर २७, सोमबार १०:५४

हेटौंडा-मकवानपुरको पश्चिमी क्षेत्रको मनहरी–४ मसिने पशुपतिनाथ माविका विद्यार्थीको हस्ताक्षर सुधार गर्न शिक्षकलाई तालिम दिइएको छ ।
पछिल्लो समयमा बालबालिकाको हस्ताक्षर कमजोर बन्दै गएका कारण सुधार गर्न जरुरी देखिएपछि शिक्षकहरुलाई तालिम दिईको विद्यालयले जनाएको छ । विद्यालयसँग सहकार्य गरिरहेको गैरसरकारी संस्था विकासकालागि सहयोग र सहकार्य नेपालले तालिम प्रदान गरेको हो ।
मनहरी–४ को पशुपतिनाथ माविसँगै चेपाङ प्रावि र सृजना प्राविका शिक्षकलाई पनि तीन दिने तालिम दिइएको हो । तालिम कार्यक्रममा प्रमुख अतिथि मनहरी–४ का वडाध्यक्ष ध्रुब खड्काले विद्यालयले बालबालिकाको हितमा निरन्तर काम गरिरहेको बताए । शिक्षकले थोरै ध्यान
दिएको खण्डमा बालबालिकाको हस्तलेखनमा सुधार आउने पनि उनले बताए ।

तालिम कार्यक्रममा विकासका लागि सहयोग र सहकार्य (हेल्पकोड) नेपालका प्रशिक्षक मिनप्रसाद रिजाल र विकास चेपाङले सहजीकरण गरेका थिए । सहभागीहरुले आगामी दिनमा बालबालिकाको गुणस्तरीय शिक्षाका लागि हस्तलेखनमा आमूल परिबर्तन जरुरी रहेको बताएका थिए ।
विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यको सभाध्यक्षतामा भएको तालिम समापनका अवसरमा तालिमका सहभागी शिक्षक ईश्वर रिजाल, सुमित्रा ढुँगेलले बालबालिकाले भाषाको बिषयहरुमा लेख्ने हस्ताक्षर कमजोर बन्दै गएको र आगामी दिनमा सुधार गर्न तालिमले सहयोग गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*