मित्र मिलनको नाफा २५ लाख
हेटौंडा-हेटौंडा–४ मा रहेको मित्र मिलन बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीले गत आर्थिक वर्ष २०७८÷०९९ मा २५ लाख ८८ हजार ४ सय ३२ रुपैयाँ नाफा गरेको खरेलले बताए । कुल ८ सय ७४ जना शेयर सदस्य आबद्ध रहेको सहकारीको शेयरपूँजी १ करोड १९ लाख ८६ हजार रुपैयाँ रहेको छ । सहकारीको प्रतिवेदन– अनुसार १ करोड ४८ लाख ८ हजार १९ रुपैयाँ निक्षेप रहेको संस्थाका व्यवस्थापक रामहरी खरेलले जानकारी दिए । संस्थाका अध्यक्ष भोलाप्रसाद शर्मा खरेलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि महतले सहकारीले उत्पादनमुखी क्षेत्रमा काम गर्नुपर्ने बताए । सहकारीले ऋण लगानी गर्ने र ब्याज लिने भन्दा पनि विभिन्न कार्ययोजना तयार पारेर उत्पादनका क्षेत्रमा लाग्नुपर्ने बताए । उनले उपमहानगरपालिका सहकारीसँग सहकार्य गरी अगाडी बढ्न तयार रहेको समेत बताए । साधारणसभाका अवसरमा संस्थाले ज्येष्ठ शेयर सदस्य २ जना, असल बचतकर्ता २ जना, असल ऋणी २ जना, उत्कृष्ट कर्मचारी एकजना साथै एसइईमा उत्कृष्ट अंक ल्याउन सफल शेयर सदस्यका छोराछोरी ९ जनालाई सम्मान गरेको थियो ।
कार्यक्रममा हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देल, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरी न्यौपाने, युसेस बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उत्तम शर्मा ढकाल, राष्ट्रिय सहकारी बैंक हेटौंडाका शाखा प्रमुख रामेश्वर अर्याल नारायणी बहुउद्देश्यीय सहकारीका अध्यक्ष जंगबहादुर गुरुङललगायतको आतिथ्यता रहेको थियो ।







