दाजुभाइबीच झगडा हुँदा दाजुको मृत्यु

साझाकुरा
२०७८ मंसिर २८, मंगलवार ०९:३२

हेटौंडा-मकवानपुरको विकट क्षेत्र कैलाशमा दाजुभाइबीच कुटाकुट हुँदा दाजुको ज्यान गएको छ । आइतबार राती कैलाश –६ तल्लो पकनीमा ३३ बर्षीय नन्दरे मोक्तान उनका भाइ ३० बर्षीय सीताराम मोक्तानबीच सामान्य बिवाद भइ कुटपीट हुँदा दाइ नन्दरे मोक्तानको मृत्यु भएको छ ।
घटनाको कारण नखुलेको र घटनामा संलग्न मृतकका भाई सीताराम मोक्तान प्रहरीले नियन्त्रणमा लिएको मकवानपुरका निमित्त  प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*