हेटौंडा उपमहानगरबासीलाई ओमिक्रोनबाट जोगाउन चासो
हेटौंडा-कोरोनाको ओमिक्रोन भेरिएन्टबाट नगरबासीलाई सुरक्षित राख्न हेटौंडा उपमहानगरपालिकाले चासो देखाएको छ । हेटौंडामा हालसम्म ओमिक्रोन भेरिएन्टका संक्रमित फेला नपरेपनि यसबाट बच्ने उपाय र सावधानीका बारेमा उपमहानगरले चासो देखाएको हो । नेपालमा कोरोनाको ओमिक्रोन भेरिएन्टका संक्रमित भने यसअघि नै फेला परिसकेका छन् । संक्रमित दुईजना संक्रमण मुक्तपनि भइसकेका छन् । संक्रमण फैलिन सक्ने भएकाले नगरबासीलाई यसबाट बचाउन नगरपालिकाले जनचेतनादेखि स्वास्थ्य सतर्कताको कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
भारतमा ओमिक्रोन भेरिएन्टका संक्रमित देखिएकाले सीमाबाट नजिकको सहर हेटौंडाबाट जोखिममा छ । हेटौंडाबाट भारतीय सीमा क्षेत्र र देशकै ठूलो नाका नजिकै हुनु र खुल्ला सीमानाका कारण ओमिक्रोन भेरिएन्टको संक्रमणको खोजिम छ । बीरगञ्जबाट काठमाडौं, पोखरालगायतका क्षेत्र पुग्न हेटौंडा हुँदै जानुपर्ने हुन्छ । भारतीय वा भारतबाट स्वदेश फर्किएका नेपालीबाट हेटौंडामा ओमिक्रोन भेरिएन्टबाट संक्रमणको जोखिम धेरै रहेको हो ।
हेटौंडा उपमहानगरपालिकाले ओमिक्रोन भेरिएन्टबाट नगरबासीलाई बचाउन भने तयारी थालिसकेको हो । नयाँ प्रकारको भेरिएन्ट भएकाले नगरबासीमा सचेतना जगाउने, यसबाट सुरक्षित हुने उपायका बिषयमा छलफल गर्ने र अग्रीम तयारीमा रहने गरी तयारी भइरहेको नगर प्रमुख हरिबहादुर महतले बताए । उनले ओमिक्रोन भेरिएन्टबाट नगरबासीलाई सुरक्षित राख्न हरसम्भव प्रयास गर्ने उनको भनाई छ । नगरको टोलटोलमा कोरोनाविरुद्धको खोप पु¥याइने उनको भनाइ छ ।
कोरोनाको ओमिक्रोन भेरिएन्टविरुद्ध लड्न हेटौंडा उपमहानगरका करिब एकसय जना स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेको महतले जानकारी दिए । हेटौंडा–६ गौरिटारमा संक्रमितहरुको उपचारका लागि आइसोलेसन तयारी राखेको उनले बताए । यसअघिको कोरोना महामारीको पहिलो र दोस्रो लहरमा पनि उपमहानगरले आइसोलेसन सञ्चालन गर्दै बिरामीहरुको उपचार गर्दै आइरहेको थियो । नगर प्रमुख महत यसअघि कोरोनाबाट सुरक्षित रहने बारे सचेत गराउन र संक्रमितहरुलाई हौसला बनाउन नगरबासीको घरघरमै पुगेका थिए ।
सोमबार मकवानपुरमा शुन्य संक्रमित
हेटौंडा-मकवानपुरमा सोमबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या शुन्य रहेको छ । स्वास्थ्य कार्यालय मकवानपुरले सोमबार उपलब्ध गराएको तथ्याड्ढअनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा २५ जनाको एन्टिजेन र पिसिआर विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या शुन्य रहेको हो । मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५ हजार ५ सय १८ नै रहेको छ । त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेको संख्या ३ रहेको छ ।







