मानव सेवा आश्रमलाई ह्वीलचेयर सहयोग

साझाकुरा
२०७८ पुष १, बिहीबार ११:१५

हेटौंडा-अनेक विवशताले सडकमा आइपुगेका असक्तहरुलाई आश्रय दिइरहेको मानव सेवा आश्रमलाई ह्वीलचेयर सहयोग प्राप्त भएको छ ।
हेटौंडा उपमहानगर–पालिका–९ मा रहेको मानव सेवा आश्रमको केन्द्रीय कार्यालयलाई एकलाख २० हजार रुपैयाँ बराबरको १० वटा ह्वीलचेयर उपलब्ध  गराइएको हो । हेटौंडा उपमहानगरपालिका कार्यालयले ह्वीलचेयर आश्रमलाई दिएको हो ।  आश्रममा रहेको असक्तहरुलाई हिँड्डुल गराउन ह्वीलचेयर आवश्यक पर्ने भएकाले सहयोग गरेको हेटौंडाका नगर  प्रमुख हरिबहादुर महतले जानकारी दिए । महतले आश्रमका प्रतिनिधिलाई ह्वीलचेयर हस्तान्तरण गरेका थिए ।

सडक मानवमुक्त अभियानमा जुटिरहेको आश्रमलाई सहयोग गर्नु आवश्यक रहेको भन्दै महतले असहायहरुको संरक्षण  गरिरहेकोमा आश्रमलाई धन्यवादपनि दिएका छन् । उपमहानगरपालिकाले यसअघिका वर्षमा पनि मानव सेवा आश्रमलाई ह्वीलचेयर सहयोग  गरेको नगर प्रमुख महत बताउँछन् ।  ह्वीलचेयर हस्तान्तरण कार्यक्रममा हेटौंडा–१८ का वडा अध्यक्ष अनिल बानियाँ, उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखाका प्रमुख जगन्नाथ सापकोटालगायतको उपस्थिति थियो । हेटौंडाबाट सेवा सुरु गरेको मानव सेवा आश्रमले हालसम्म देशको सातवटै प्रदेशका २७ वटा जिल्लामा सेवा प्रदान  गरिरहेको छ ।

आश्रमलाई संघीय सरकारदेखि, प्रदेश र स्थानीय तहहरुले हरेक वर्ष आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन । निजी क्षेत्रबाट पनि सहयोग पाउँदै आएको आश्रमले सडकमा अलपत्र भएका नागरिकको गाँस, बास र कपासको व्यवस्था गर्दै परिवारमा पुर्नस्थापना गर्नेसम्मको काम  गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*