उपचारमा सहयोग गर्न अपिल

साझाकुरा
२०७८ पुष २, शुक्रबार १२:५४

हेटौंडा-१५ बर्षदेखि निरन्तर पेट फुल्ने समस्याबाट पीडित बनेका मनहरी गाउँपालिका–२ निवासी माइतेसिं स्याङ्तानको उपचारको लागि आर्थिक सहयोग जुटाइदिन परिवारले अपिल गरेका छन् ।  ६३ बर्षका स्याङ्तानले आर्थिक अवस्था कमजोर हुँदा उपचार पाएका छैनन् । स्याङ्तानलाई पेट फुल्ने समस्या दिन प्रतिदिन बढ्दै गएपछि हेटौंडा अस्पतालमा उनको स्वास्थ्य जाँच गरिएको थियो । हेटौंडा अस्पतालले भरतपुरस्थित क्यान्सर हस्पिटल रिफर गरेको थियो ।

क्यान्सर हस्पिटलले सुरुवाती चरणमा घरमै बसेर केही औषधी सेवन गर्न र केही दिनमा पुनः परीक्षणका लागि आउन भनेको थियो । तर, आर्थिक अवस्था कमजो भएकै कारण विरामीलाई पुनः हस्पिटल लैजान नसकिएको स्याङ्तानको परिवारले जानकारी दिएका छन् ।  उनलाई के रोग लागेको हो र उपचार खर्च कति लाग्छ भन्ने एकिन भइसकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*