चिरान काठसहित दुई जना पक्राउ

साझाकुरा
२०७८ पुष ४, आईतवार ११:५४

हेटौंडा-हेटौंडामा अबैध सालको चिरान काठसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  शनिबार बिहान इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौडा–३ लेवट नजिक हाँडीखोला तर्फबाट बस्तीपुर चोकतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१– च १२६० नम्बरको पिकअप गाडीलाई रोकी चेकजाँच गर्दा उक्त गाडीमा लुकाइ– छिपाइ ल्याएको ८८.६० क्युफिट अबैध सालको चिरान काठसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौडा–१२ बस्ने २४ बर्षीय सुशान लोप्चन र सोहि पिकअप गाडीमा सवार सोही स्थान बस्ने १८ बर्षीय सुदिप लोप्चन रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन् ।  नियन्त्रणमा लिएको काठसहित मानिसलाई आवश्यक कार्वाहीको लागी डिभिजन वन कार्यालय राप्ती मनहरी पठाइएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*