दुर्गम गाउँमा ११ विगाह अफिम नष्ट
हेटौंडाजिल्ला प्रहरी कार्यलय मकवानपुरले राक्सिराङ् गाउँपालिका क्षेत्रमा लगाइएको अवैध लागूऔषध गाँजा र अफिम खेती नष्ट गरेको छ ।
प्रहरीले पुस १ गतेदेखि ३ गतेसम्म लागूऔषध गाँजा खेती नष्ट गर्ने अभियानअन्तर्गत मकवानपुर प्रहरीले जिल्लाको राक्सिराङ गाउँपालिका–४ अन्तर्गत राक्सिराङ र डुमदारमा लगाइएको अन्दाजी १४ बिगाहामा लागइएको अफिम र ५ बिगाहामा लगाइएको लागूऔषध गाँजा खेती फडानी
गरी नष्ट गरेको हो ।
बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट संयुक्त रुपमा प्रहरी निरिक्षक सुमन बानियाँको कमाण्डमा खटिएको ६० जनाको प्रहरी टोलीले उक्त परिणामको गाँजा खेती नष्ट गरेकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।







