हेटौंडाकी बस्नेत राष्ट्रिय जेसीज उपाध्यक्ष निर्वाचित
हेटौंडा-२०१२ मा हेटौंडा लेडी जेसीजको अध्यक्ष बनेकी रश्मी बस्नेत नेपाल जेसीजको ४८ औं महाधिवेशनबाट राष्ट्रिय उपाध्यक्ष पदमा निर्वाचित भएकी छन् । पोखरा जेसीजको आतिथ्यमा सम्पन्न महाधिवेशन अन्तर्गत उपाध्यक्ष पदमा एक मात्र महिलाको रुपमा उम्मेदवार बनेकी पाँचौं सर्वाधिक मत ल्याएर विजयी भएकी हुन् । जेसीजको राष्ट्रिय अध्यक्षमा लालमणि भण्डारी विजयी भएका छन् । १२ जना उपाध्यक्षका लागि १९ जना उम्मेदवार बीच प्रतिस्पर्धा भएको थियो । मतदानमा कुल १ हजार २ सय ६८ मत खसेको थियो भने बस्नेतले ९ सय ३३ मत प्राप्त गरेका थिए । बस्नेत हेटौंडा लेडी जेसीजको २०२१ मा प्रमुख सल्लाहकारसमेत थिए ।







