पातलीमाया बनिन् मिसेस तामाङ मकवानपुर
हेटौंडा-ओपेरा इन्फोटेन्टमेन्ट सिने प्रालिको आयोजनामा भएको मिसेस तामाङ मकवानपुर–२०७८ को विजेता पातलीमाया सिन्तान घोषित भएकी छन् । शनिबार हेटौंडामा भएको फाइनल प्रतिस्पर्धाबाट मिसेस तामाङ मकवानपुर–२०७८ को सिन्तान विजेता बनेकी हुन् । प्रतियोगिताको टप ८ बाट फस्ट रनरप विन्दु रुम्बा, सेकेन्ड रनरपमा गंगा लामा विजेता भएको जनाइएको छ ।
ओपेराका संचालक विक्रम लुङ्वाको अध्यक्षतामा भएको कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामा, मकवानपुर तामाङ कलाकार संघका अध्यक्ष धिरेन लामा, गोले वंश तामाङ उत्थान समाज मकवानपुरका अध्यक्ष राजकुमार गोले लगायतको उपस्थिति रहेको थियो ।







