ओली अहिले पनि प्रतिगमनकै बाटोमा छन् : प्रचण्ड

साझाकुरा
२०७८ पुष ५, सोमबार १६:१०

हेटौडा-नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली अहिलेसम्म पनि प्रतिगमनकै बाटोमा लागेको आरोप लगाएका छन्। समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले लोकतान्त्रिक विधि र परम्परालाई मिच्ने र असंवैधानिक रुपमा संसद्मा अवरोध गर्नु प्रतिगमनकै निरन्तरता भएको बताए।

एमालेले अहिलेको गठबन्धन टुट्छ भने कांग्रेसलाई एकलौटी सरकार बनाउन दिने, एमसीसी पास गर्न सहयोग गर्ने जस्ता प्रस्ताव राखेको भन्दै प्रचण्डले यो पनि प्रतिगमनका लागि वातावरण बनाउने प्रयास भएको बताए।उनले गठबन्धनलाई कमजोर हुन नदिने विषयमा आफुहरुबीच सहमति भएको बताए। प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन कमजोर हुन नदिने विश्वास दिलाएको भन्दै प्रचण्डले भने, गठबन्धनलाई अझ बलियो बनाएर प्रतिगमनकारी शक्तिलाई निर्णायक ढंगले परास्त गर्ने गरी प्रस्तुत हुन्छौं।’

 

यसमा तपाइको मत

Your email address will not be published.


*