फोनिज मकवानपुरको बैठक सम्पन्न

साझाकुरा
२०७८ पुष ६, मंगलवार ०९:५६

हेटौंडा-नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) मकवानपुरको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । बैठक सोमबार नेपाल पत्रकार महासंघको भवनमा बसेको हो । फोनिज मकवानपुरका अध्यक्ष अशोक सुजन श्रेष्ठको अध्यक्षतामा बसेको उक्त बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले आदिवासी जनजाति पत्रकारलाई तालिम संचालन गर्न, आपतकालिन सहयोग गर्न र फोनिज मकवानपुरको गतिविधिलाई सहज रुपमा संचालन गर्न अक्षय कोष स्थापना गर्ने निर्णय गरेको छ ।

मकवानपुरमा रहेका आदिवासी जनजाति पत्रकारको तथ्यांक संकलन गर्न तीन सदस्यीय उपसमिति गठन गरेको छ । यसैगरी, बैठकले आगामी पुस २४ गते हुने फोनिज बागमती प्रदेश अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्न फोनिज जिल्ला कार्यसमितिले सक्दो सहयोग गर्ने निर्णय गरेको छ ।
बैठकले फोजिज मकवानपुरका सचिव रुपा गुरुङ (पाख्रिन) को संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिको सदस्यमा मनिता राना र भुपेन्द्र राना मगर रहेका छन् । यस्तै, बैठकले फोनिज मकवानपुरको नियमित बैठक हरेक महिनाको तेस्रो शनिबार दिनको १२ बजे बस्ने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*