मकवानपुरमा इपासपोर्ट वितरण सुरु

साझाकुरा
२०७८ पुष ६, मंगलवार १०:०२

हेटौंडा-जिल्ला प्रशासन कार्यालय मकवानपुरले विद्युतीय राहदानी सेवा आइतबारबाट सुरु गरेको छ । सोमबार सो कार्यालयमा आयोजित पत्रकार भेटघाटमा प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले विद्युतीय राहदानी सेवा (ई–पासपोर्ट) सेवा सुरु भएको जानकारी दिए । तत्काल १५ जनाको कोटा तोकेर ई–राहदानीको लागि प्रत्यक्ष दर्ता गर्ने कार्य आरम्भ गरिएको छ । राहदानी विभागले भने मंसिर १ गतेबाट विद्युतीय राहदानी सेवा सुरु गरेको थियो । विद्युतीय राहदानी बनाउन प्रत्यक्ष दर्ता गर्न आवश्यक रहने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जानकारी दिएको छ । राहदानी बनाउन इच्छुक नागरिकले अनलाइनबाट फारम भनेर समय समेत लिएर जिल्ला प्रशासन कार्यालयमा फोेटो खिच्न जानुपर्ने व्यवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*