अधिकारको संरक्षण आवश्यकः खुलाल
हेटौंडा-जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले सभ्य समाज निर्माणका लागि बाल अधिकारको संरक्षण हुनु पर्ने बताएका छन् । स्थानीय तहमा बाल अधिकार संरक्षण तथा सेवा प्रवाह सम्बन्धी तीन दिवशीय जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमको सोमबार हेटौंडामा उद्घाटन गर्दै प्रमुख खुलालले सुन्दर, समुन्नत र सभ्य समाज निर्माणका लागि बालअधिकारको संरक्षण हुनुपर्नेमा जोड दिए । प्रमुख खुलालले सामाजिक क्षेत्रको विकास विना समुन्त र समृद्ध समाज निर्माण हुन नसक्ने उनको भनाइ थियो । उनले भने–‘भोलीका समाजका कर्णधार बालबालिका साझा भविष्य हुन् र उनीहरुको स्वतन्त्रता, अधिकार, संरक्षण, विकास र जीवनस्तर सुधारका साथै को लागि सामूहिक प्रतिबद्धता र साझा प्रयास आवश्यक छ ।’
उनले बालबालिको अधिकार संरक्षणका लागि तिनै तहको सरकार लगायत सवै नागरिकको सक्रियता एवम् सामूहिक प्रतिवद्धता र साझा प्रयास आवश्यक रहेको बताए । सबै क्षेत्रको विकासका लागि बालअधिकारको संरक्षण आवश्यक रहेकोले बाल अधिकारकोसंरक्षणका लागि सबैले काम गर्नुपर्ने उनको भनाइ थियो ।







