एमसिसीको विरोधमा हेटौडामा प्रदर्शन
एमसिसी सम्झौता खारेज गर्न माग गर्दै हेटौडामा प्रदर्शन भएको छ। विभिन्न पार्टीले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन्। नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)मकवानपुर, नेपाल कम्युनिष्ट पार्टी (माले)मकवानपर, देशभक्त जनगणतान्त्रिक मोर्चा मकवानपुर, राष्ट्रिय जनमोर्चा नेपाल मकवानपुर लगायतका पार्टीले प्रदर्शन गरेका हुन्। एमसीसी राष्ट्रहित नभएको भन्दै सरकारलाई एमसीसी फिर्ता गर्न आग्रह गरेका छन् । उनीहरुले ‘राष्ट्रघाती एमसिसी खारेज गर’ लगायतका नारा लगाएका छन्। प्रदर्शनमा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।प्रदर्शनलाई विप्लव मकवानपुरका ईन्चार्ज नयन र नेकपा (क्रान्तिकारी माओवादी) मकवानपुरका इन्चार्ज सागरले सम्बोधन गरेका थिए ।







