बागमती सरकारका गलत कामको विरुद्ध उत्रन अपिल

साझाकुरा
२०७८ पुष ७, बुधबार १४:२२

हेटौंडा-बागमती प्रदेश सरकारले गरेको गलत कामको विरुद्धमा उत्रन जन सरोकार केन्द्र मकवानपुरले अपिल गरेको छ ।  मंगलबार एक विज्ञप्ती जारी गर्दै जनसरोकार केन्द्र मकवानपुरका संयोजक धु्रव चौलागाईंले बागमती प्रदेश सरकारले पछिल्लो निर्णयहरुबाट गरेको गलत कामको विरुद्ध उत्रन अपिल गरेका हुन् ।  उनले डोरमणि पौडेल नेतृत्वको बागमती प्रदेश सरकारको गौरबको योजना भनिएको हेटौडा काठमाडौं सुरुड्ड मार्गलाई नबनाउने, डलरवाट किन्नुपर्ने पेट्रोलबाट चल्ने सवारी साधनलाई विस्तापित गर्ने उदेश्य सहित विद्युतिय बसहरु  खरिद गर्ने भन्ने योजनालाई रद्ध गर्ने काम वर्तमान प्रदेश सरकारले गरेको आरोप लगाएका छन् ।

बगमती प्रदेश सरकारले ८ वटा मन्त्रालयलाई १४ वटा बनाएर मन्त्री भागवण्डा गरी जनताको करलाई सत्ता स्वार्थमा प्रयोग गर्ने कार्य गरेको उनले बताए । जुन अत्यन्तै दुर्भाग्यपुर्ण रहेको कुरामा जनसरोकार केन्द्र मकवानपुरको ध्यानाकर्षण भएको जनाइएको छ ।

जनताको हित भन्दा सत्ता गठबन्धन जोगाउने र राज्यको सम्पत्तीलाई दुरुपयोग गर्ने यस्ता कार्यहरु नगर्न र गलत निर्णयहरु सच्याउन जन सरोकार केन्द्र मकवानपुरले प्रदेश सरकार सँग माग गरेको छ । साथै यस्ता गलत कार्यको बिरुद्धमा सबै राजनैतिक पार्टीहरु, भातृ संगठन र नागरिक समाजलाई लाग्न समेत जनसरोकार केन्द्र मकवानपुरले आह्वान गरेको छ ।

डोरमणि पौडेल नेतृत्वको बागमती प्रदेश सरकारले मन्त्रालयको घरहरु बनाउने भनि वजेट छुट्टाएकोमा भवन निर्माणतर्फ काम अगाडी नबढाउने तर कमिसनको चक्करमा मन्त्रालय  राख्न भाडाका घरहरु खोज्दै हिड्ने कुराले पनि बर्तमानको बागमति प्रदेश सरकारको नालाएकी पन देखिएको जनसरोकार केन्द्र मकवानपुरको ठहर छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*