हर्नामाडीमा राष्ट्रिय चित्रकला कार्यशाला

साझाकुरा
२०७८ पुष ९, शुक्रबार ०९:५९

हेटौंडा-हेटौंडाको हर्नामाडीमा राष्ट्रिय चित्रकला कार्यशाला सञ्चालन भइरहेको छ । हेटौंडा–१८ स्थित ज्योति माध्यामिक विद्यालयमा अध्ययनरत् विद्यार्थीले कार्यशालामा भाग लिएका छन् । विद्यालयले विगत ४ वर्षदेखि आफ्नो वार्षिकोत्सकको अबसरमा अतिरिक्त क्रियाकलाप गर्दै आइरहेको थियो । यसवर्ष ५५ औं स्थापना दिवस मनाउने क्रममा विद्यालयले राष्ट्रिय चित्रकला कार्यशाला आयोजना गरेको हो । विद्यालयमा १ हजार २ सय विद्यार्थी अध्ययन गरिरहेका छन् । कार्यशालामा राष्ट्रिय तथा स्थानीय कलाकार, शिक्षकलगायत विद्यार्थीहरुले चित्रकला कोरिरहेका छन् ।

कार्यशालाबाट विद्यार्थीले आफ्ना कला र संस्कृतिलाई उजागर गर्न सक्ने विश्वास विद्यालयले लिएको छ । हेटौंडा–१८ नम्बर वडाका वडा अध्यक्ष अनिलकुमार बानियाँको प्रमुख आतिथ्यता तथा ज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलको सभाध्यक्षतामा कार्यशाला उद्घाटन गरिएको हो । चित्रकला कार्यशाला १२ पुससम्म सञ्चालन हुने अध्यक्ष रम्तेलले जानकारी दिए । कार्यशालालाई सम्बोधन गर्दै वडा अध्यक्ष बानियाँले विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदै क्षमता वृद्धिमा ध्यान दिएकोमा विद्यालयलाई धन्यवाद दिए ।

उनले वडा कार्यालयले शैक्षिक विकासमा सहयोग गर्दै आइरहेकोले आगामी दिनमा पनि यसलाई कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विद्यालयका प्रधानाध्यापक जयराम थापाले स्वागत मन्तव्य राखेका थिए । उनले विद्यार्थीका लागि अतिरिक्त क्रियाकलाप अत्यावश्यक रहेपनि विद्यालयसँग पर्याप्त आर्थिक स्रोत नभएकाले समस्या हुने गरेको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*