काँग्रेस नगर सभापतिको जन्मदिन अनाथ अपाङ्गसंग

साझाकुरा
२०७८ पुष ९, शुक्रबार १०:०९

हेटौंडा- नेपाली काँग्रेस हेटौंडा उपमहानगर सभापति उत्सव इटेनी विहीबार केही काँग्रेस नेता कार्यकर्तासहित हेटौंडा–१४ स्थित अनाथ अपाड्ड बाल पुनस्र्थापना केन्द्र पुगे । बौद्धिक अपाड्डता र अनाथ बाल– बालिकाहरुलाई आश्रय दिइरहेको केन्द्रमा सभापति इटेनी पुग्दा त्यहाँको कार्यसमिति र आश्रितहरु सबै खुशी भए । आफ्नो ५० औं जन्मदिन मनाउन केन्द्र पुगेका सभापति इटेनीले केन्द्रको लागि एक वर्षको इन्टरनेट सुविधाबराबरको १६ हजार रुपियाँ भुक्तानी गरिदिनुका साथै बालबालिकाहरुको लागि पोशाकसमेत उपलब्ध गराइदिए । कुल १९ आश्रित केन्द्रको आय आर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले उनले करिब चार लाख रुपियाँ लगानीमा तरकारी खेती गर्ने टनेल बनाइदिने घोषणा गरेसंगै उनीहरुमा खुशीको सञ्चार भएको हो ।

जन्मदिनमा अनावश्यक खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न आफूले केन्द्रलाई सहयोग गरेर जन्मदिन मनाएको सभापति इटेनीले बताए । सभापति इटेनीको जन्मदिन मनाउन पत्नी ज्ञानु पौडेल इटेनी र छोराछोरीसहित नेपाली काँग्रेस मकवानपुर क्षेत्र नं. १ का संघीय सभापति दामोदर खनाल, क्षेत्र नं. २ का संघीय सभापति लोक मोक्तान, महाधिवेशन प्रतिनिधि तथा निवर्तमान नगर सभापति आनन्दराम पराजुली, महाधिवेशन प्रतिनिधि लक्ष्मी थिङ, नगर उपसभापति डोल्मा स्याङ्बो, नगर सचिवद्वय सविन न्यौपाने र हर्करत्न लामा, हेटौंडा १ नं. सभापति हरिकृष्ण महर्जन, १३ का सभापति आईमानसिं मुक्तान, १४ का सभापति मनोज थिङलगायत सहभागी थिए ।

आश्रितहरुको निरन्तर भरणपोषणको लागि आयआर्जनसंग सम्बन्धित काममा सहयोगको आशा रहेको केन्द्रका अध्यक्ष रामहरि  कोइरालाले बताए । डेढ विगाह क्षेत्रफलमा फैलिएको केन्द्रमा हाल सानो टनेलमा तरकारी खेती र कुखुरा पालन भइरहेको छ । त्यसबाट आश्रितहरुको सेवामा केही टेवा पुगिरहेको अध्यक्ष कोइरालाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*