भेटवालद्वारा ॐ बृद्धाश्रमलाई सहयोग
हेटौंडा-हेटौंडा–१९ बस्तीपुर निवासी समाजसेवी हरिवंश भेटवालले पुस ८ गते परेको आफ्नो ७० औं जन्मदिनको अवसरमा बिहीबार हेटौंडा–२ चौकीटोलस्थित ॐ बृद्धाश्रमलाई आर्थिक सहयोग गरेका छन् । जन्मदिनको अवसरमा बृद्धाश्रममा आश्रितहरुको भोजन– लगायत अन्य क्षेत्रमा सहयोग पु¥याउने उद्देश्यले पाँच हजार पाँच रुपियाँ नगद सहयोग गरिएको हरिवंश भेटवालका ज्येष्ठ सुपुत्र गणेशप्रसाद भेटवालले जानकारी दिए । परिवारका सदस्यहरुको जन्मदिनको अवसरमा विभिन्न सामाजिक संघ संस्थाहरुलाई सहयोग गर्दै आएको भेटवाल परिवारले यसअघि ॐ वृद्धाश्रममा विविध सहयोग पु¥याइसकेको वृद्धाश्रमका अध्यक्ष सिद्धीलाल श्रेष्ठले जानकारी दिए ।







