शिक्षा क्षेत्रको समस्या समाधानमा जुट्न बानियाँको आग्रह
हेटौंडा-नेपाली कांग्रेस बागमती प्रदेशका सभापति तथा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले शिक्षा क्षेत्रमा रहेका समस्या समाधानमा कांग्रेसले काम गर्ने दाबी गरेका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ छाप्थोकस्थित सुन्दरी माविको ६० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै बानियाँले विगतदेखि नै कांग्रेस शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै आएको बताउँदै यसमा देखिएका समस्या समाधान गर्ने बताए ।
उनले अब हरेक सामुदायिक विद्यालयले दक्ष एवं प्राविधिक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए । उनको सुन्दरी माविको शैक्षिक एवं भौतिक सुधारका लागि पहल गर्ने बताए । २०१३ सालमा स्थापित विद्यालयको ६० औं वार्षिकोत्सव कार्यक्रममा विभिन्न महानुभावलाई सम्मान गरेको प्रधानाध्यापक खड्कप्रसाद बुर्लाकोटीले जानकारी दिए । पूर्वगृहमन्त्री समेत रहेका बागमती प्रदेश संसदीय दलका नेता बानियाँले त्रिपुरासुन्दरी–६ आगिञ्चोक स्थित अस्थायी प्रहरी चौकीको समेत उद्घाटन गरेका छन् ।







