परिचय सहकारीको साधारणसभा
हेटौंडा-हेटौंडा उपमहानगरपालिकालाई मुख्य कार्यक्षेत्र बनाएर सञ्चालित परिचय बचत तथा ऋण सहकारी संस्थाले साधारणसभा गरेको छ ।
सहकारीका अध्यक्ष दिपक तिमिल्सिनाको सभाध्यक्षता तथा प्रदेश सहकारी बोर्डका उपाध्यक्ष नारायण देवकोटाको प्रमुख आतिथ्यतामा परिचय साकोसले शनिवार १२ औं वार्षिक साधारणसभा भएको हो । सहकारीले आर्थिक वर्ष २०७७÷०७८ मा ३ करोड ५ लाख ८ हजार १ सय रुपैयाँ शेयर पँुजी संकलन गरेको छ । सहकारीको कुल निक्षेप १० करोड ४० लाख ३८ हजार ३ सय ५ रुपैयाँ ८५ पैसा पु¥याएको छ ।
सहकारीले ११ करोड ९६ लाख ६८ हजार ५ सय ६२ रुपैयाँ ऋण सापटी पु¥याएको साधारणसभामा जनाएको छ । गत आव २०७७÷०७८ मा सहकारीले कर्जा सापटी र लगानीबाट १ करोड ४२ लाख १५ हजार ८ सय ५५ रुपैयाँ ब्याज आम्दानी गरेको छ । कर्ला सापटी र लगानीबाट तथा सेवा शुल्कलगायत अन्य विविधतर्फबाट २३ लाख ८४ हजार ९ सय ६५ रुपैयाँसहित कुल १ करोड ६६ लाख ८ सय २० रुपैयाँ आम्दानी गरेको सहकारी सचिव सुशान्त तिमल्सिनाले जानकारी दिए । सहकारीको कुल खर्च १ करोड ६३ लाख २२ हजार ९ सय ७८ रुपैयाँ रहेको छ । यसैगरी सहकारीको खुदनाफा २ लाख ७७ हजार ८ सय ४१ रुपैयाँ भएको जनाइएको छ । सहकारीले साधारणसभाको अबसरमा उत्कृष्ट बचतकर्तामा जयजुना डोल्मा लामा, ज्ञानतीदेवी बानियाँ, दिपबहादुर काफ्ले र इन्द्रबहादुर ढकाल पुरस्कृत भएका छन् ।
उत्कृष्ट कारोबारी नानीमाया थापा र अभिमन्यु जैसवाल पुरस्कृत भएको जनाइएको छ । साथै उत्कृष्ट कमर्चमारी उपेन्द्र न्यौपाने भए । प्रदेश सहकारी बोर्डका उपाध्यक्ष नारायण देवकोटाको प्रमुख आतिथ्यता तथा सहकारीका अध्यक्ष तिमिल्सिनाको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष कल्पना श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाको सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, सहकारी बैंक हेटौंडा शाखाका प्रबन्धक रामेश्वर अर्यालको आतिथ्यता रहेको थियो ।







