दियालो सहकारीमा बर्तौलाको नेतृत्व
हेटौंडा-हेटौंडा उपमहानगरपालिकास्थित दियालो बचत तथा ऋण सहकारी संस्थाले नयाँ नेतृत्व पाएको छ । हेटौंडा–३, मा रहेको सहकारीको शनिवार भएको ७ औं साधारणसभाले दिपक बर्तौलाको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको हो । सहकारीको उपाध्यक्षमा भवानी बस्ताकोटी, सचिवमा दिपक शिवाकोटी, कोषाध्यक्षमा पशुपति नहर्की चयन भएका छन् ।
सदस्यमा अनिल पाठक, सुष्मा दुलाल, दलबहादुर थापा मगर चयन भएका छन । सहकारीको लेखा समितिमा पुरुषोतम न्यौजानेको संयोजकत्वमा सरिता शाही र देवी कुमारी थिङ सदस्य चयन भए । शिक्षा उपसमितिमा दल बहादुर थापा संयोजक बने । पशुपति नहर्कीको संयोजकत्वमा ३ सदस्यीय ऋण उपसमितिपनि गठन भएको छ । शिवराज बर्तौलालाई बरिष्ठ सल्लाहाकार चयन गरिएको सहकारीले जानकारी दिएको छ । संस्थाका निवर्तमान अध्यक्ष शिवराज बर्तौलाको सभाध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव विरेन्द्र ढुंगानाको प्रमुख आतिथ्यता तथा हेटौंडा–३ नम्बर वडाका वडा अध्यक्ष रामकुमार पुडासैनीको विशिष्ट आतिथ्यतामा साधारणसभा भएको हो ।
६ सय ३१ जना सदस्य आबद्ध रहेको सहकारीकोे आर्थिक बर्ष २०७७÷०७८ को असार मसान्त सम्म शेयर पूँजी ५२ लाख, निक्षेप २ करोड हाराहारी रहेको छ । यसैगरी ऋण लगानी २ करोड ५० लाख रहेको छ । साधारणसभाको अबसरमा जेष्ठ नागरिक शेयर सदस्यमा मिठ्ठु माया थापा मगर, एकल महिला शेयर सदस्य गिता श्रेष्ठ, देबकुमारी लामा, उत्कृष्ट ऋणीतर्फ सृजना भ्लोन, उत्कृष्ट बचतकर्ता सुनिता पाठक, सन्त बहादुर नेपाललाई पुरस्कृत गरिएको छ । संस्थाले संचालन गरेको दुग्ध केन्द्रमा धेरै दुध बिक्री गर्ने दिलसरा डाँगीलाई पुरस्कार प्रदान गरिएको छ ।
साधारणसभामा हेटौंडा–१९ मा रहेको मनकामनामाई बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष हरिवंश भेटवाल, परिवर्तन महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष सविना विडारी, दिव्यतारा बचत तथा ऋण सहकारी संस्था सान्नाटार शाखाका राजु घलेलगायतको आतिथ्यता रहेको थियो ।







