ग्रामीण सहकारीको अध्यक्षमा श्रेष्ठ
हेटौंडा-ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा प्रतिमा श्रेष्ठ चयन भएकी छिन् । यसअघि सचिव रहेकी श्रेष्ठलाई शनिवार भएको २२ औं साधारणसभाले अध्यक्षमा चुनेको हो । उपाध्यक्षमा भोलाप्रसाद अर्याल, सचिवमा बालकृष्ण न्यौपाने, कोषाध्यक्षमा राजेन्द्रप्रसाद पुडासैनी, सहसचिवमा शंकरबहादुर रोक्का चयन भएका छन् । सदस्यमा ज्योति काफ्ले, गिता कोइराला, शरनबहादुर घले, कृष्णप्रसाद घिमिरे, जयराम अर्याल र प्रदीप अधिकारी चयन भएका छन् । साधारणसभा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख अतिथ्यता तथा अध्यक्ष राजु अधिकारीको सभाध्यक्षतामा भएको थियो ।
कार्यक्रमको अबसरम ११ जना सेयर सदस्यलाई पुरस्कृत तथा सम्मानगरिएको थियो । जेष्ठ सदस्य टिकाकुमारी अर्याल र खेमनाथ घिमिरे, बाल बचतकर्ता रसिम श्रेष्ठ, नियमित तथा असल बचतकर्ता विवेक भट्टराई, सञ्जु श्रेष्ठ, राजकुमार कार्की र प्रमेश राईलाई पुरस्कृत गरिएको छ । असल ऋणीतर्फ फुलमाया तामाङ, सितादेवी दास, धनशंकर खतिवडा, धर्मराज ढकाललाई पुरस्कार प्रदान गरिएको छ ।
सहकारीले मकवानपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमिति र नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित रश्मि बस्नेतलाई स्वागत तथा सम्मान गरिएको छ । सहकारीले आर्थिक वर्ष २०७७÷०७८ मा १४ करोड २१ लाख ३१ हजार ८ सय ५९ रुपैयाँको कारोबार गरेको प्रतिवेदनमा उल्लेख गरिएकोछ । २ करोड ३ लाख ३५ हजार ४ सय शेयर पुँजी रहेको सहकारीले आफ्ना शेयर सदस्यलाई १२ करोड ५६ हजार ऋण लगानी गरेको जनाइएकोछ ।
साधारणसभामा प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटा, हेटौंडा–१२ का वडा अध्यक्ष ललित घलान, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरी न्यौपाने, मकवानपुर घरजग्गा व्यवसायी संघका अध्यक्ष ध्रुव घिमिरेलगायतको आतिथ्यता रहेको छ ।







