सितुमा श्रेष्ठको नेतृत्व
हेटौंडा-सितु बचता तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा गणेशकुमार श्रेष्ठ चयन भएका छन् ।
हेटौंडा–१ मा रहेको सहकारीको शनिवार भएको ११ औं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
सहकारीको उपाध्यक्षमा सुमित्रा श्रेष्ठ मानन्धर, सचिवमा महेश श्रेष्ठ, सहसचिवमा सानुकाजी महर्जन र कोषाध्यक्ष शोभा श्रेष्ठ चयन भएका छन् । सहकारीको सदस्यहरुमा रितु प्रधान, रञ्जु श्रेष्ठ, विक्रमलाल श्रेष्ठ, महेन्द्रमान श्रेष्ठ, सुष्मा श्रेष्ठ, विश्वेश्वर श्रेष्ठ चयन भएको जनाइएको छ ।
सहकारीका निवर्तमान अध्यक्ष महारत्न बज्राचार्यको भाध्यक्षता तथा मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष कल्पना श्रेष्ठको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो । साधारणसभाले लेखा समिति संयोजकमा धिरेन्द्र शाक्य चयन भएका छन् ।







