सनातन धर्म संरक्षण संस्थामा पुनः सुवेदी

साझाकुरा
२०७८ पुष ११, आईतवार १३:३९

हेटौंडा-मनकामना सनातन धर्म संरक्षण संस्थाको अध्यक्षमा दुर्गाबहादुर सुवेदी चयन भएका छन् । संस्थाको १३ र १४ औं संयुक्त साधारणसभाले सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति पुर्नगठन भएको हो । संस्थाको उपाध्यक्षमा  रामप्रसाद सुवेदी, सचिवमा शत्रुघन ग्यालन, सहसचिवमा खिलबहादुर खाती, कोषाध्यक्षमा गंगा पाठक चयन भएका छन् । सदस्यहरुमा गोविन्द पराजुली, लक्ष्मी खड्का, पुरुषोत्तम श्रेष्ठ, रुपबहादुर खतिवडा, रामचन्द्र न्यौपाने, अम्बिका गिरी र प्रजापति सुबेदी चयन भएको संस्थाले जानकारी दिएको छ ।

साधारणसभाबाट तीन सदस्यीय निर्वाचन मण्डलले नयाँ कार्य समिति चयन गरेको हो । निर्वाचन मण्डलमा नारायण सुवेदी, नवराज सुबेदी राधादेवी पाठक चयन भएका थिए । मनहरी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष ठाकुरराम तितुङको प्रमुख आतिथ्यतामा साधारणसभा गरिएको थियो ।

हेटौंडा निवासी बिनोद सुबेदी, मनहरी–७ का राजु रिजाल र महालक्ष्मी बैंक र मनहरी–८ की ठुली माँया सुबदीलाई सम्मान गरिएको छ । उनीहरुले संस्थालाई तीस हजार नगद भन्दामाथि सहयोग गरेको जनाइएको छ । मकवापुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र मनहरीका सभापति नारायण सुवेदी, साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष बिमला कार्की, नेपाली काङग्रेस मनहरी गाउँ कमिटीका सभापति प्रकाश बर्तौला, रामप्रसाद इटनी, सुरेन्द्रबहादुर शाहलगायतले कार्यक्रममा आफ्नो धारणा राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*