जंगल मासेर शिवम्द्वारा निरन्तर दोहन

साझाकुरा
२०७८ पुष १२, सोमबार १२:३२

हेटौंडा-प्राकृतिक सम्पदाको उच्चतम् दुरुपयोगसँगै हेटौंडा–१६ हटियामा संचालित शिवम् सिमेन्ट लिमिटेडले चुन ढुंगा उत्खनन् गर्दै आएको छ । शिवम्ले कच्चापदार्थ चुन ढुंगा उत्खनन् गर्नका लागि मकवानपुरगढीमा रहेको खानीमा जंगल मास्दा स्थानीयबासी बर्षौंदेखि चेपुवामा परेका छन् । यसैगरी अनियन्त्रित दोहन गरिरहने र चुनबाहेकका अनावश्यकीय ढुंगा जंगल क्षेत्रमा फाल्ने हो भने, प्राकृतिक विपत्तिले आफ्नो उठिबास लाग्नेप्रति स्थानीय चिन्तित छन् ।

खानीमा भइरहेको दोहन र जंगलतर्फ फालिने ‘ओभर बटम’कारण स्थानीयले आफ्नो घर, जग्गा राम्रोसँग उपयोग गर्न पाएका छैनन्, बर्षायाममा खेत, बारी र घर बगाउने उत्तिकै चिन्ता उनीहरुमा कायमै छ । शिवम्ले मकवानपुरगढीको खोटार, चपकी, कलवान क्षेत्रमा अव्यवस्थित रुपमा चुनढु·ा उत्खनन् गरी ओभर बटन यत्रतत्र फाल्दा यस क्षेत्रको जंगलसमेत मासिएको छ ।

यही समस्याको विषयमा स्थानीयहरुको पहलमा बसेको सर्बपक्षीय बैठकले खानी उत्खनन्मा भएको दुरुपयोग नियन्त्रण गर्नका लागि सहमती गरेका छन् । शिवम्को प्रतिनिधि, मकवानपुरगढी गाउँपालिका प्रमुख, प्रतिनिधिमूलक वडाध्यक्ष र बस्ती संरक्षण समूहको प्रतिनिधिबीच गाउँ कार्यपालिकामा भएको छलफलबाट शिवम् सिमेन्ट र गाउँपालिकाको अनुरोधमा पौष १९ गते र पुन खानी अवलोकन ३० गतेसम्मे र एकिन विवरण लिने निर्णय भएको सचिब तिमल्सिनाले बताए । लिखित संझौतापछि खानी बन्द गर्नेबारे भने स्थगित गरिएको छ ।

खानी मकवानपुरगढी गाउँपालिका २,३,६,७,८, मा संचालनमा छ । अव्यवस्थित खानीका कारण स्थानियहरुले बर्षौंदेखि विभिन्न किसमका सास्ती खेप्दै आइरहेका छन् । विशेष गरी खानी आसपासका स्थानीय र सामरी खोला किनारका स्थानीयहरु बढी प्रभावित छन् । बस्ती तथा भुमी संरक्षण समूहको टोली केही दिन अघिमात्रै चुनढु·ा खानी क्षेत्रको अवलोकन गरेको थियो । खानी अव्यवस्थित रुपमा संचालन भएको भन्दै समितिले प्रतिवेदन तयार गर्दै समूहले उद्योगसँग १२ बुँदेमा माग राखेको थियो ।

खानीबाट निस्कने प्रयोगमा नआउने कच्चापदार्थ सुरक्षित स्थानमा बोटविरुवा जडिबुटीहरुलाई असर नपर्ने गरी गाउँपालिका सँग स्वीकृतिलिई व्यबस्थापन गर्ने, खानी उत्खन्न गर्दा बैज्ञानिक मापदण्ड अपनाउनु पर्ने, खानीका कच्चा पदार्थहरु जथाभावि डपिंग गरिएकोले उचित व्यबस्थापन गनुपर्ने र वडा नं. १ देखि ८ वटै वडाका तटीय क्षेत्र पूर्ण जोखिममा रहेकोले संरक्षणको जिम्मा सम्बन्धित शिवम सिमेन्टले लिनुपर्ने जस्ता माग राखेको थियो ।

यस क्षेत्रको हजारौ बोट बिरुवा नासिएको पुरिएकोले शिबमले खानी उत्खनन गर्दा पुराउनु पर्ने मापदण्ड पूरा नगरेका कारण समस्या भएको बस्ती तथा भूमी संरक्षण समिति मकवानपुरगढीका सचिव पुष्कर तिमल्सिनाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*