शिक्षक संगठनको नेतृत्व प्याकुरेलले लिए
हेटौंडा-नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडा उपमहानगर– पालिकाको अधिवेशन भएको छ । संगठनको अधिवेशनले प्याकुरेललाई नेतृत्व दिएको छ । तीन वर्षे कार्यकालका लागिा प्याकुरेलको अध्यक्षतामा ४२ सदस्यीय नगर समिति चयन भएको हो । संगठनको उपाध्यक्षमा रमेशकुमार बर्तौला, सचिवमा देवराज शर्मा, कोषाध्यक्षमा भरत पोखरेल, सहसचिवमा भगवती कट्टेल, सह– कोषाध्यक्षमा शर्मिला ढकाल चयन भएका हुन् । अधिवेशन संगठनका केन्द्रिय कोषाध्यक्ष विष्णु भण्डारीको प्रमुख आतिथ्यता तथा संगठनका हेटौंडा उपमहानगर समितिका अध्यक्ष मुकुन्द न्यौपानेको सभाध्यक्षतामा भएको थियो । कार्यक्रमको अबसरमा २७ जना शिक्षकहरुलाई सम्मान व्यक्त गरिएको थियो । सम्मानित शिक्षकहरु संगठनमा रही सेवा निवृत भएकाहरु हुन् । अधिवेशनलाई नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य पद्मा पौडेल, राष्ट्रिय परिषद् सदस्य रमेश प्रसाद लामिछाने, संगठन मकवानपुर अध्यक्ष श्रीराम दहाललगायतकाको आतिथ्यता रहेको थियो ।







