हेटौंडा इन्फिल्डर्स्मा ठकुरीको नेतृत्व
हेटौंडा-सामाजिक क्षेत्रमा क्रियाशील हेटौंडा इन्फिल्डर्स् मकवानपुरमा नयाँ नेतृत्व चयन गरिएको छ । क्लबको दोस्रो साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो । क्लबको अध्यक्षमा समाजसेवी, व्यवसायी दीपेन्द्रचन्द ठकुरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । क्लबको प्रथम उपाध्यक्षमा भीमसेन कार्की, द्वितीय उपाध्यक्षमा सरोज न्यौपाने, सचिवमा सुदीप चौलागाईं, कोषाध्यक्षमा राजक शाही, सहकोषाध्यक्षमा देवनारायण शाह र सदस्यहरु सानुकाजी बस्ताकोटी, अनिल श्रेष्ठ, पारस थिङ, निरज पुडासैनी र बुद्धराज बानियाँ चयन भएका हुन् ।
साधारणसभा संस्थापक अध्यक्ष विजय थापाको प्रमुख आतिथ्यतामा भएको हो । क्लबले विगतका दिनहरुमा विभिन्न विद्यालय, अस्पताल र अनाथलयलाई सहयोग गर्दै आएको छ । अध्यक्ष ठकुरीले भूकम्पका बेला आग्रा, शिखरपुरमा लाखौंको सामाग्री बिक्री, आँखा अस्पताललाई ५५ बेड सहयोग, ट्राफिक नियन्त्रण र दुर्घटना न्यूनीकरण, रक्तदान कार्यक्रम क्लबले गर्दै आएको
बताए ।







