मधेशी युवालाई लोकसेवाबारे अभिमुखिकरण

साझाकुरा
२०७८ पुष १२, सोमबार १३:०५

हेटौंडा-मधेशी समुदायका युवाहरुलाई हेटौंडामा लोकसेवा तयारी कक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको छ । मधेशी समुदायको सशक्तिकरणअन्तर्गत् आइतबार मधेशी आयोगको आयोजनामा लोकसेवा तयारी बारे अभिमुखीकरण गरिएको हो । कार्यक्रममा संयुक्त मधेशी सेवा समाज नेपालले सहकार्य गरेको थियो । कार्यक्रममा सहभागीलाई प्रदेश लोक सेवा आयोगले सहजीकरण गरेको थियो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले लोकसेवा आयोगको परीक्षामा मधेशी समुदायको सहभागिता विषयमा अबसर र चुनौती बारे प्रकाश पार्दै लोकसेवामा कसरी सहभागी हुने विषयमा प्रशिक्षण दिएका थिए । प्रदेश लोकसेवा आयोग हेटौंडाका सचिव रामकृष्ण अधिकारीले सरकारी सेवाको महत्व र परिचयको विषयमा सहजीकरण गरेका छन् । उनले प्रदेश लोकसेवा आयोगका
संरचना, कक्षा तयारी गर्ने विधि लगायतका विषयमा सहभागीहरुलाई जानकारी गराएका थिए ।  हेटौंडा उपमहानगरपालिकाका सिनियर इन्जिनियर सत्यनारायण साहले लोकसेवाको महत्व र मधेशी समुदायको सहभागिताको विषयमा सहजीकरण गरेका थिए ।

अभिमुखीकरणमा मधेशी समुदायका ६० जना युवाहरुको सहभागिता रहेको संयुक्त मधेशी सेवा समाज नेपालका सचिव नन्दलाल दासले जानकारी दिए । मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तको प्रमुख आतिथ्यतामा तथा मधेशी आयोगका सदस्य आभा कुमारीको सभाध्यक्षतामा अभिमुखीकरण भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिनाकुमारी लामा, संयुक्त मधेशी सेवा समाज नेपालका अध्यक्ष सुशिल प्रसाद सेनुरियालगायतको आतिथ्यता रहेको कार्यक्रममा समाजका सहकोषाध्यक्ष राजदेव बानियाँले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*