कामधेनुको २३ औं साधारणसभा सम्पन्न

साझाकुरा
२०७८ पुष १२, सोमबार १३:२८

हेटौंडा-हेटौँडा–६ चुच्चेखोलामा रहेको कामधेनु बहुद्देश्यीय सहकारी संस्थाको २३ औ बार्षिक साधारण सभा सम्पन्न  गरेको छ ।  सहकारीका अध्यक्ष उदय विडारीको सभाध्यक्षता भएको साधारणसभाको हेटौंडा वडा नम्बर ६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईले उद्घाटन गरेका थिए ।  कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष हिमाल पौडेल, हेटौंडा–६ वडासदस्य राजकुमार बास्तोला,हेटौंडा–१७ का वडासदस्य टिका प्रसाद तिमल्सिना, सहकारीका संस्थापक अध्यक्ष बासुदेव सापकोटा, नौलो विहानी कृषि ऋण सहकारी संस्थाका अध्यक्ष भरत  पराजुली, रानी सामुदायिक वन उपभोक्त समूह उपाध्यक्ष केशव धिताल, चुच्चेखोला सामुदायिक वन उपभोक्त समूह उपाध्यक्ष कल्पना  पराजुली, नारी चेतना वचत तथा ऋण सहकारीका उपाध्यक्ष राधिका गौतम,दिव्य ज्योती आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष नवराज न्यौपाने,  सहकारीका सल्लाहकार गौरव  पराजुलीलगायत सहकारीका सेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

२३ औं साधारणसभामा सहकारीका लेखा सुपरिवेक्षण सदस्य केदार गौतमले आर्थिक वर्ष २०७७÷७८ को लेखा परीक्षण प्रतिवे त्यसैगरी सहकारीका अध्यक्ष उदय विडारीले संस्थाको संस्थागत प्रतिवेदन, ऋण उप समिति सदस्य रुपेश दुलालले ऋृण समितिको प्रतिवेदन र खुत्रुके बचत उप समिति संयोजक अम्बिका सापकोटाले खुत्रुके बचत उप समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सहकारीले आर्थिक बर्ष २०७७।७८ मा २ करोड ७८ लाख ९४ हजार १४९ रुपैंयाको कारोबार गरेको छ । २०५५ सालमा स्थापना भएको सहकारीमा ५९६ सेयर सदस्यहरु रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*