रंगशाला निर्माणमा पुरन बहादुर जोशिबाट ५ लाख सहयोग

साझाकुरा
२०७८ पुष १२, सोमबार १८:१५

हेटौंडा– हेटौँडा उपमहानगरपालिका वडा नंबर–५ पिप्लेमा निर्माणधिन रंगशाला निर्माणको लागि हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले ५ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । खेल क्षेत्रमा सहयोग गर्दै आएका जोशीले जिल्लामा एक सुविधासम्पन्न रंगशाला आवश्यक रहेको भन्दै पाँच लाख रुपैँया सहयोग गर्ने घोषणाँ गरेका छन् । जोशीले उपलब्ध गराउने रकमबाट फलामे ट्रसको प्यारापिट  निर्माण गर्ने पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*